प्रधानमन्त्री ओली वामदेव गौतमलाई भेट्न भैँसेपाटी पुगे 

काठमाडौं। नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ भैँसेपाटीस्थित पुगेका छन्। प्रचण्ड–माधव समुहले नेकपा विभाजनको कानुनी मान्यताका लागि निर्वाचन आयोगलाई ताकेता गरिरहेका बेला पार्टी एकताको अभियान चलाइरहेका गौतमलाई भेट्न ओली भैँसेपाटी पुग्नुलाई राजनीतिक रुपमा अर्थ पूर्ण रूपले हेरिएको छ।

गौतम घरभित्रै लडेर सामान्य चोटपटक लागेको खबर पाएपछि प्रधानमन्त्री ओली स्वास्थ्यस्थिति बुझ्नका लागि भैँसेपाटी गएका प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

अन्य सम्बन्धित समाचार:  वाग्मती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय