प्रधानमन्त्री कप महिला भलिबलमा आर्मी र एपीएफ तथा पुलिस र लुम्बिनी खेल्दै

बाँके। बाँकेको नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा आज पनि २ वटा खेल हुने भएका छन्। नेपालगञ्ज रङ्गशालामा दिउँसो १ बजे हुने पहिले खेलमा विभागीय क्लबहरु त्रिभुवन आर्मी र एपीएफ भिड्ने छन्। आर्मीले लगातार दोस्रो जीतको खोजीमा हुने छ।

पहिलो खेलमा आर्मीले घरेलु टोलीको रुपमा रहेको लुम्बिनी युनाइटेडमाथि ३–० को सहज जित निकालेको थियो।
साथै दिउँसो तीन बजे सुरुहुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र लुम्बिनी युनाइटेड भिड्ने छन्। पुलिस दोस्रो जितको खोजीमा हुँदा लुम्बिनीभने पहिलो जितको खोजीमा हुने छ।

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा तीनवटा विभागीय टिम नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड स्पोट्र्स क्लब र लुम्बिनी युनाइटेडले प्रतिस्पर्धा गर्दै छन्। यो प्रतियोगिताको उपाधि विजेताले ५ लाख पाउँदा दोस्रो हुने टिमले २ लाख, तेस्रो हुनेले १ लाख र सान्त्वना स्थान हासिल गर्ने टिमले ५० हजार प्राप्त गर्ने छ।

 

अन्य सम्बन्धित समाचार:  त्रिकोणात्मक सिरिजः नेदरल्यान्ड्ससँग मलेसिया पराजित