कुवेतमा एक महिने कफ्र्यू घोषणा

काठमाडौं। कुवेतले पछिल्लो केही दिनयता कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि मार्च ७ अर्थात आइतबार देखि एक महिने लामो कफ्र्यू लगाउने घोषणा गरेको छ।

कुवेतको मन्त्रिपरिषद्ले आइतबार साँझ ५ देखि बिहान ५ बजेसम्म लागू हुनेगरि एक महिना कफ्र्यू लगाउने निर्णय गरेको अरब टाइम्सले जनाएको छ।

रमजानको धन्य महिनाको सुरु हुनुभन्दा अघि कफ्र्यू हटाइने जनाएको छ। मन्त्रिपरिषद्ले आइतबारदेखि लागू हुने गरी सैलून, नाईक पसल, स्वास्थ्य क्लब र अन्य व्यावसायिक गतिविधिहरू साँझ ५ देखि बिहान ५ बजेसम्म पूर्ण रुपमा बन्द
गरेर कफ्र्यूको निर्णय पालना गर्न समेत बैठकले अनुरोध गरेको छ।

कुवेतले केही समयदेखि नेपालसहित उच्च जोखिममा ६८ देशहरूबाट आप्रवासी श्रमिकहरूलाई प्रवेशमा रोक लगाउने निर्णय जारी रहेको मन्त्रिपरिषद्ले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु