ललितपुर सहित ९ जिल्लाका विभिन्न क्षेत्रमा विद्युत कटौती हुँदै, तालिकासहित

काठमाडौं। देशभरका विभिन्न क्षेत्रमा आज विद्युत कटौती हुँदैछ। मर्मत कार्य चलिरहेको भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती हुने जानकारी दिएको छ।

प्राधिकरणले मेन्टिनेन्स सटडाउन सेड्युल भन्दै विद्युत कटौतीको तालिका सार्वजनिक गरेको छ भने एउटा प्रेस रिलिज समेत सार्वजनिक गरेर विद्युत कटौतीबारे जानकारी दिएको छ। 

प्राधिकरणका अनुसार, आज लगनखेल वितरण केन्द्र र चापागाउँ सव वितरण केन्द्रबाट विद्युत आपूर्ति हुने क्षेत्रहरूमा विद्युत काटिनेछ। मध्यान्ह  १२ बजेदेखि दिउँसो ३ बजेसम्म ललितपुरको ढलोट कारखाना, हात्तीवन, एरावत टोल, धापाखेल, हरिसिद्धि लगायतका स्थानमा विद्युत आउने छैन।

यस्तै भरतपुरको चनौली वितरण केन्द्रबाट प्रवाह हुने विद्युत पनि कटौती हुनेछ । प्राधिकरणका अनुसार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म भक्तपुरका विभिन्न क्षेत्रमा बत्ती जानेछ। 

अन्य सम्बन्धित समाचार:  मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु