ओली पक्षको नेकपा संसदीय दलको बैठक बस्दै 

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको संसदीय दलको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री ओली पक्षका सांसदको बैठक बालुवाटारमा बस्ने छ। शुक्रबार प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो। उक्त पक्षले आफ्ना पक्षमा १११ सांसद रहेको दाबी गरेको छ।

दुबै पक्षले संसदीय दलमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएको छ। यसैबीच, प्रधानमन्त्री ओलीले नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई शनिबार बस्ने आफ्नो पक्षको संसदीय दलको बैठकमा आउन आग्रह गरेका छन्। नेकपा विभाजनमा गौतम कुनै पक्षमा पनि लागेका छैनन्। उनी पार्टी एकताको अभियान चलाइरहेका छन्।  

अन्य सम्बन्धित समाचार:  बादलले लिए दौरासुरुवालमा पद तथा गोपनियताको सपथ