मौसम पूर्वानुमानः कतै पानी पर्ने, कतै हिमपात

काठमाडौं। देशका विभिन्न भूभागमा आज पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी  प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहने छ। नेपालमा पश्चिमी वायुको प्रभावले आइतबार पनि केही स्थानमा वर्षा र हिमपात हुने जनाइएको छ।  

अन्य सम्बन्धित समाचार:  मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु