भारतीय कुखुरा तस्करीले बर्डफ्लुको जोखिम

काठमाडौं। गत पुस २२ मा भारतको मध्यप्रदेश, महाराष्ट्र, राजस्थान र हिमाञ्चल प्रदेशमा बर्डफ्लु भेटिएको समाचार सार्वजनिक भयो । त्यसको पुष्टि भने भारतले पुस २५ मा मात्रै गर्‍यो।

भारतमा बर्डफ्लु देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ दफा ११ को अधिकार प्रयोग गरेर शंकास्पपदरजोखिम जोडिएका पदार्थ कुखुराको मासु र मासुजन्यमा रोग संक्रमित मुलुकबाट पशुपन्छी तथा पशुजन्य वस्तु आयातमा बन्देज लगाएको छ।

भारतलगायत संक्रमित मुलुकबाट आयात बन्देज भए पनि खुला सीमाका कारण तस्करी व्यापक छ। पुसमा मात्रै कुखुराका चल्ला, ब्रोइलर, लोकल कुखुरा र हाँस गरी १५ हजार ८३ वटा नष्ट गरिएको पशु सेवा विभागअन्तर्गत क्वारेन्टाइन महाशाखाले जानकारी दिएको छ।

अन्य सम्बन्धित समाचार:  हावाहुरीले निर्माणाधीन पुल उडायो

माघमा १७ हजार ४२ वटा र फागुन दोस्रो सातासम्म सीमा क्षेत्रमा २२ सय ५५ वटा पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्री नष्ट गरिएको छ।