‘कबड्डी–४’ ०७८ असोज १५ मा रिलिज हुने

काठमाडौं। चलचित्र ‘कबड्डी–४’ ०७८ असोज १५ गते रिलिज हुने भएको छ। केही दिन अगाडि निर्माणको घोषणा गरेका निर्देशक रामबाबु गुरुङले रिलिज डेट पनि सार्वजनिक गरेका हुन्।

‘कबड्डी–४’ अन्तिम सिरिज हुने पनि उनले बताएका छन् ।

बाँसुरी फिल्म प्रोडक्सनको प्रस्तुति चलचित्र ‘कबड्डी–४’ को कथा निर्देशक स्वयंले लेखेका छन्। अन्य स्क्रिप्टमा पनि काम गरेका उनले सुरुमा ‘कबड्डी–४’ लिएर आउन लागेका हुन्।

उनले पछिल्लो समय धुर्मुस–सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’ निर्देशन गरेका थिए।