प्रचण्डको पत्रको कुनै औचित्य छैनः भट्टराई

काठमाडौं। सत्तारुढ नेकपाको संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले संसद सचिवालयमा बिहीबार पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट दर्ता भएको पत्रको औचित्य नरहेको बताएका छन्।

मुख्य सचेतक भट्टराईले नेकपा संसदीय दलको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै दलको विधान बमोजिम विधिवत् रूपमा निर्वाचित संसदीय दलका नेता तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओली रहेकाले अरु पत्र र दाबी कानुनसम्मत नरहेको उल्लेख गरे।

नेपालको संविधान तथा प्रचलित कानूनबमोजिम बाहेक कोही कसैले कुनै गैर संवैधानिक र गैरकानुनी निर्णय गरिएको भनी गरेको पत्राचारको कुनै कानुनी आधार,औचित्य र प्रभाव हुन नसक्ने पनि विज्ञप्तिमा उल्लेख छ।

मुख्य सचेतक भट्टराईले निर्वाचन आयोगले गत माघ ११ गते पार्टीको बैठकलाई मान्यता प्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेको हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनपर्ने उल्लेख भएकाले त्यस विपरीतका कुनैपनि बैठक र पत्राचारले मान्यता नपाउने विज्ञप्तिमा उल्लेख छ ।

अन्य सम्बन्धित समाचार:  केपी ओलीलाई धुलो चटाउँछौँः सांसद थापा