प्रधानमन्त्रीको दौडमा म छैनः देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन्।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा शनिबार नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन कार्यक्रममा देउवाले आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका हुन्।

उनले भने,‘हेर्नुस्, प्रमुख प्रतिपक्षी दलको नेता भनेको वेटिङ प्राइममिनिष्टर हो, तर म अहिले यो दौडमा छैन’, देउवाले भने।

नेकपाभित्रको आन्तरिक किचलोमा आफूले फस्न नचाहेको पनि देउवाले बताए।

‘यो उनीहरुको आन्तरिक कुरा हो, हामीले त्यसमा पक्ष विपक्षमा उभिदैनौँ, संसदमा उनीहरु कसरी प्रस्तुत हुन्छन्, कांग्रेसले त्यही बेला उपयुक्त निर्णय गर्छ’, देउवाले भने।

अन्य सम्बन्धित समाचार:  कर्णाली प्रदेश– काँग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने