बाँस्तोला मृत्यु प्रकरणः फरार दुई जना पक्राउ

काठमाडौं। उर्लाबारी–५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणमा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेली र झापाको गौरादह नगरपलिक–९ का ३१ वर्षीय दीपेश पौडेललाई शुक्रबार साँझ भैरहवाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिएका छन्।

उनले पक्राउ परेका दुबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरेको बताए। बाँस्तोला प्रकरणमा ६ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो।त्यसमध्ये होटल सञ्चालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई, प्रवीणका साथी मोरङ रतुवामाई नगरपालिका–१० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जी, सुदीप परियार र रमेश गिरीलाई पक्राउ गरिसकेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ हुँदै