गृहमन्त्री थापालाई भेट्न पुल्चोक पुगे विप्लव

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुल्चोकस्थित् मन्त्रिक्वार्टर पुगेका छन्।

सरकारसँग सम्झौतामा भएलगत्तै विप्लव समूह माथि लगाइएको प्रतिबन्ध हट्नुका साथै नेता कार्यकर्ता रिहा हुने निर्णय भएको थियो।

जस अनुसार समूहका सचिवालय सदस्य धर्मेन्द्र वास्तोलालगाएत धेरै जसो कार्यकर्ता शुक्रबार नै रिहा भइसकेका छन्। रीहा भएलगत्तै उनी मन्त्री थापालाई भेट्न क्वार्टर पुगेका हुन्।

उनीहरुबीच सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे कुराकानी हुने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  ‘एमसिसी सम्झौताप्रति काँग्रेस सकारात्मक’