ज्योति लाइफको आइपीओमा पहिलाे दिन २ लाख ८८ हजार बढिको आवेदन

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा एकैदिन २ लाख ८८ हजार बढीले आवेदन दिएका छन्।
शुक्रबार साँझ ६ बजेसम्ममा २ लाख ८८ हजार ५५५ जना लगानीकर्ताले ७३ करोड ८५ लाख ५९ हजार रुपैयाँ बराबरको ७३ लाख ८५ हजार ५९० कित्ताको लागि आवेदन दिएका हुन्।

यो सर्वसाधारणको लागि माग गरिएको ५९ लाख ४० हजार कित्ता भन्दा धेरै हो। कम्पनीले हिजोबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आइपिओ निश्कासन तथा बिक्री खुल्ला गरेको हो।

जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ।

अन्य सम्बन्धित समाचार:  सुनको मूल्य घट्यो