राष्ट्रपतिबाट खातुनलाई बधाई

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले किशोरी मुस्कान खातुनलाई तेजाब आक्रमणविरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकामा बधाई दिएकी छिन्।

राष्ट्रपति भण्डारीले खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद दिइन्।

अन्य सम्बन्धित समाचार:  रुपन्देहीमा नेपाल पक्षको समानान्तर कमिटी