धनगढीको एक फर्निचर पसलमा आगलागी

आगलागी

कैलाली। धनगढीको चटकपुरमा रहेको एक फर्निचर पसल आगलागी भएको छ। केहीबेरअघि लागेको आगो निभाउन प्रहरी, दमकल र स्थानीयले निभाउन प्रयास गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले आगोलाई नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए।उनका अनुसार अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन। आगलागी कसरी भयो भन्ने बारेमा विवरण आएको छैन।

अन्य सम्बन्धित समाचार:  रसुवामा टिपर दुर्घटना, २ जनाको मृत्यु