काठमाडौं। विशेषगरी मोटोपनका कारण चिन्तामा रहेका व्यक्तिहरूका लागि निमको जुस फाइदाजनक हुन्छ। साथै निमको जुसले रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्छ।
मोटोपनका कारण समस्यामा रहेका व्यक्तिहरूका लागि निमको जुस पिउँदा तौल कम गराउँन मद्दत गर्छ। निमको जुस घरमा नै बनाउन सकिन्छ।
निमको जुस बनाउनको लागि आवश्यक सामाग्रीः
निमको पात २५० ग्राम
पानी १ लिटर
कागतीको रस (स्वादअनुसार)
विधिः
१. निमको पात सफा गरेर रातभर भिजाउने
२. भिजाएको निमको पात पिस्ने
३. तयार भएको पेस्टमा १ लिटर पानी र कागतीको रस मिसाएर छान्ने र बोतलमा राख्ने
४. उक्त जुस २ देखि ३ दिनसम्म पिउन सकिन्छ।