खोप प्रदान गर्ने प्रक्रिया रोकिँदैनः अर्थमन्त्री पौडेल

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले कोरोना विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन्। आज बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।
सबै लक्षित समुदायमा खोप पुर्याउने उनले जनाए। अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय संस्था तथा उद्योगहरुको मनोबललाई उठाएर अगाडि बढाउन महत्वपूर्व काम गरेको जिकिर गरे।

‘हामी भ्याक्सिन प्रदान गर्ने प्रक्रियालाई नरोकीकन अगाडि बढाउँछौ सबै लक्षित समुदायमा भ्याक्सिन पुर्याउछौँ। सबैलाई हामी प्राथमिकताको आधारमा क्रमशः भ्याक्सिन उपलब्ध गराउछौं,’ उनले भने, ‘सरकारले खासगरी आकस्मिक रुपमा आइलागेका राष्ट्रिय अभिभारा पूरा गर्ने सन्दर्भमा पनि विकास, निर्माण र समृद्धिका अभियानलाई अगाडि बढाउने सन्दर्भमा पनि निजी क्षेत्रको मनोबललाई उच्च बनाउने काम गरेको छ।’

अन्य सम्बन्धित समाचार:  एमालेको समस्यामा परको साथीको ‘दिलचश्पी’ देखियो: यमलाल कँडेल