विप्लव सुदर्शनलाई भेट्न नख्खु कारागार पुगे

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नख्खु कारगार पुगेर हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेका छन्। सरकार र विप्लव पक्षबीच भएको तीनबुँदे सहमतिमा सबैलाई रिहा गर्ने सहमति भएको थियो। त्यसको भोलिपल्ट विप्लव, वार्ता टोलीका सदस्यहरु खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने ओलीलाई भेट्न नख्खु कारागार पुगेका हुन्।

उनीहरुले कारागारमा रहेका पक्षका अन्य कार्यकर्ताहरुसँग पनि भेट गरेका छन्। २०७५ चैतमा काभ्रेबाट पक्राउ परेका ओली नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा उनी पुर्पक्षका लागि थुनामा छन्।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री शाहीलाई साथ दिएका चारै एमाले सांसदलाई पदबाट हटाइँदै