ओली पक्षमा गएकाहरु मूल पार्टीमा फर्कन आतुर छन्ः माधव नेपाल

काठमाडौं। प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले भूलवस प्रधानमन्त्री केपी ओली पक्षमा गएकाहरु नेकपाको मूलधारमा फर्कंन आतुर भएको बताएका छन्। शनिबार खोटाङ काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओली पक्षमा गएका सबैलाई मूल पार्टीमा फर्कन आग्रह गरेका हुन्।

उनले ओलीले कन्द्रीय सदस्य बनाएकाहरु लाजले आफू केन्द्रीय सदस्य हुँ समेत भन्न नसक्ने अवस्थामा रहेको बताए। कतिपय भूलवस ओली पक्षमा गएका कारण फर्किएको र केही फर्कने तयारीमा रहेको उनको भनाई थियो। उनले राजनीति बुझ्ने मान्छेले ओलीको केन्द्रीय सदस्य अस्वीकार गरेको बताए। उनले ओली पक्षमा गएका थुप्रै व्यक्तिहरु नेकपाको मूलधारमा फर्किन आतुर रहेको बताए।

अन्य सम्बन्धित समाचार:  सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ