ओली पक्षको संसदीय दलको बैठक बालुवाटारमा सुरु 

काठमाडौं। नेकपा ओली पक्षको संसदीय दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। बैठकले संसद् बैठकको रणनीति तय गर्ने बताइएको छ। 

नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक भने शुक्रबार बसेको थियो। बैठकले उक्त समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता बनाएको छ। गएको पुस ५ गते यता नेकपा दुई समूहमा विभाजित छ।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली