केपी ओली कुहिएको अण्डा हुन्: प्रचण्ड

काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीलाई कुहिएको अण्डाको संज्ञा दिएका छन्। शनिबार पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले कम्युनिष्टबारे बोल्दै प्रधानमन्त्री ओलीलाई कुहिएको अण्डाको संज्ञा दिएका हुन्। 

‘अहिलेको परिस्थितिमा कुहिएको अण्डा हो, केपी ओली। गन्हाएको अण्डा त खाइँदैन। गाडिन्छ, या जलाइन्छ। हामी स्वस्थवर्दक जीवनशील तत्व हो,’ प्रचण्डले भने।  अण्डा स्वास्थ्यका लागि राम्रो हुन्छ। प्रोटिन हुन्छ। धेरै चिज प्राप्त हुन्छ। तर, अण्डा कुहियो भने त्योभन्दा गन्धा चिज केही पनि हुँदैन,’ दाहालले भने, ‘कम्युनिष्टहरू राम्रा हुन्छन् तर गन्हाउन थाले, बिग्रिन थाले र कुहियो भने त्यो भन्दा नराम्रो केही पनि हुँदैन। अहिले केपी ओली कुहिएको अण्डा हो।’ उनले नेत्रविक्रम चन्द अन्ततोगत्वा आफूले कोरेकै बाटोमा आइपुगेको भन्दै बधाइ दिए।