धनगढीको फर्निचरमा आगलागीः करिब ५ करोड बराबरको क्षति

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

कैलाली। धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा भएको आगलागी २ घण्टापछि नियन्त्रणमा आएको छ। आलोक मल्टी कन्सर्न प्रालिमा लागेको आगो धनगढी उपमहानगरपालिकाका २ वटा दमकल, गोदावरी नगरपालिकाको एउटा दमकल, एउटा स्काभेटर, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले निभाएका थिए।

उक्त आगलागीबाट करिब ५ करोड बराबरको क्षति भएको उद्योगका सञ्चालकले जानकारी दिएका छन्। प्रहरीले क्षतिको विवरण खुलाउन बाँकी छ। आगलागीको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

अन्य सम्बन्धित समाचार:  लुम्बिनी प्रदेशले गुमायो इमान्दार पत्रकार र मानवाधिकार कर्मी