देशभर थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै हालसम्म देशभर २ लाख ७४ हजार ६५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज देशभर ६२ जना कोरोना संक्रमित निको भएका छन् भने हाल देशभर ८१७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यसैगरी आज देशभर कोरोना सङ्क्रमणबाट एक जनाको पनि मृत्यु भएको छैन्।