चुनाव चिन्हमा कसैले कर्के नजर नलगाए हुन्छ: माधव नेपाल

काठमाडौं। नेकपा प्रचण्ड–माधव समुहका अध्यक्ष माधव कुमार नेपालले आफुहरुले अन्तिम मौका दिएको भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर थोरै भएपनि नैतिकता देखाउन आग्रह गरेका छन्। शनिवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यस्तो आग्रह गरेका हुन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको कदम चालेर आफैले बनाएको संविधानलाई मृत अवस्थामा पुर्याएर प्रतिनिधिसभालाई सिध्याउने अवस्थामा पुर्याउने अत्यन्तै प्रतिगामी कदम चालेको टिप्पणी गरे। उनले पार्टी नाम र चुनाव चिन्हको संघर्ष जारी नै रहेको भन्दै कसैले पनि आफुहरुप्रति कर्केनजर नलगाउन चेतावनी दिए।

उनले भने “कसैले पनि कर्के आखा नदेखाए हुन्छ। मुल पार्टी यही हो। सूर्य चिन्ह यही पार्टीको हो। कसैले खोसेर लान सक्दैन। केपी ओली संग अझै पनि अलमलिएर बसेका मान्छेहरुलाई भ्रमबाट मुक्त भई मुल पार्टीमा समाहित हुन आग्रह गर्दछु।” नेत्रविक्रम चन्द विप्लब राजनीतिको मुल प्रवाहमा आएपनि कम्युनिष्ट आन्दलदोलनको मुल प्रवाहमा आउन बाँकी रहेकाले आफुहरु कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा विप्लवलाई स्वागत गर्ने दिनको प्रतिक्षामा रहेको बताए।

अन्य सम्बन्धित समाचार:  फर्केर हेर्दा, २०७७: चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म