ओली पक्षको संसदीय दलको बैठकः बहुमत सांसद उपस्थित भएको दाबी

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा केपी शर्मा ओली पक्षको आज बसेको संसदीय दलको बैठक सकिएको छ। प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा बहुमत सांसद् उपस्थित भएको दाबी गरिएको छ।

राष्ट्रिय सभाका प्रमुख सचेतक समेत रहेका सांसद् खिमलाल भट्टराईले बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको दाबी गरेका छन्। उनले राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना सांसद् उपस्थित भएको दाबी गरेका हुन्।