टिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं। रुपन्देहीको ओमसतिया गाउँपालिका–६ नरैनापुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। आज बिहान ना ३ ख ४५९९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीय दयाराम मल्लाह सहनीको मृत्यु भएको जनाइएको छ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका सहनीको उपचारको लागि भीम अस्पताल भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।