आर्सनल र बर्नलीको खेल बराबरी

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र बर्नली बीचको खेल बराबरीमा रोकिएको छ।
शनिबार राती भएको खेलमा आर्सनल र बर्नली १-१ गोलको बराबरीमा रोकिएका हुन्।

बर्नलीको मैदानमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा आर्सनल अंक बाड्न बाध्य भयो।

खेलको छैटौँ मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए पनि ३९औँ मिनेटमा क्रिस उडले गोल गर्दै बर्नलीलाई १-१ गोलको बराबरीमा ल्याए।

त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन। यस बराबरीसँगै आर्सनल २७ खेलमा ३८ अंकसहित लिगको दशौँ स्थानमा छ। बर्नली ३० अंकसहित १५औँ स्थानमा छ।

अन्य सम्बन्धित समाचार:  त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्स र मलेसिया खेल्दै