तीन लाख ४८ हजार डोज कोभ्याक्सको खोप आज नेपाल आउँदै

काठमाडौं। कोभ्याक्स फ्यासिलिटी अन्तर्गत नेपालले पाउने कोरोनाविरुद्धको खोपको पहिलो खेप आज नेपाल आउँदैछ।

सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिशिल्ड खोपको तीन लाख ४८ हजार डोज खोप अाज बिहान ११ बजे काठमाडौं आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाले जनाएको छ।

कोभ्याक्सले कुल जनसंख्याको २० प्रतिशतलाई निःशुल्क खोप उपलव्ध गराउने प्रतिबद्धता जनाएको थियो। त्यस अनुसार नेपालले ६० लाख डोज भन्दा बढी खोप निःशुल्क पाउनेछ। तर माग अनुसार उत्पादन हुन नसकेकाले विभिन्न चरणमा खोप उपलव्ध गराउने कोभ्याक्सले जनाएको छ।

खोप बनिसकेपछि त्यसको प्रयोग धनी तथा गरिब देशहरुले समुचित रुपमा पाऊन् भनेर विश्व स्वास्थ्य संगठन, युनिसेफ, विल एण्ड मिलिन्डागेट्स फाउन्डेशन, विश्व बैंक लगायतका विभिन्न १० वटा संस्थाको सहकार्यमा बनेको गाभी एलायन्सले ‘कोभ्याक्स एसोसिएसन’ निर्माण गरी खोप वितरण गर्न थालेको हो।

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य मन्त्रालयले गर्यो १४ जिल्लाका विद्यालयमा नजान आग्रह

अहिलेसम्म कोभ्याक्सले विश्वका विभिन्न मुलुकमा एक करोड २० लाख डोज खोप पठाइसकेको छ।