काठमाडौं। आईतबार देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्टयाङसहित वर्षाको सम्भावना रहेको छ।
केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको र स्थानीय वायुको पनि केही प्रभाव रहने महाशाखाले जानकारी दिएको छ।
आज देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागसँगै काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए।
आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा वागमती र प्रदेश नम्बर–१ का एक–दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।