सातदोबाटो पहिलोपटक ए डिभिजनमा उक्लियो

काठमाडाैं। बी डिभिजन लिगबाट बढुवा भएसँगै सातदोबाटो युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा स्थान बनाएको छ। अब सातदोबाटोले ए डिभिजन लिग खेल्ने पक्का गरेको हो।

शनिबार भएको खेलमा खुमलटार युथ क्लब श्री भगवती क्लबसँग पराजित भएपछि बी डिभिजनको शीर्ष स्थानमा रहेको सातदोबाटो युथ क्लब पहिलो पटक ए डिभिजनमा बढुवा भएको हो।

लिगमा २५ अंकका साथ शीर्ष स्थानमा रहेको सातदोबाटोलाई ए डिभिजनमा उक्लनका लागि खुमलटारको हारले फाइदा पुग्यो। उसलाई पछ्याइरहेको खुमलटारको हारपछि सातदोबाटो मैदान बाहिर बसेर नै शीर्ष डिभिजनमा उक्लने पक्का भएको हो।

जारी लिगमा दुई खेल खेल्न बाँकी भएको सातदोबाटोले बाँकी खेल हारे पनि कुनै फरक नपर्ने भएको छ।

अन्य सम्बन्धित समाचार:  आईपीएलः मुम्बईले कोलकतालाई हरायो