नेकपा नाम विवादमा सर्वोच्चको फैसला आज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नाम विवादमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ।

सत्तारुढ दल नेकपाभित्र दलको आधिकारिकता विवाद चरम अवस्थामा पुगेका बेला सर्वोच्चले नेकपा नाम विवादमा फैसला सुनाउन लागेको हा।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गते निर्णय सुनाउने मिति तोके पनि अदालत बिदा भएपछि फैसलाको मिति पर सरेको थियो।

निर्वाचन आयोगले आफूले दर्ता गरेको नेकपा अरुलाई दिएको भन्दै ऋषि कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि कट्टेल अध्यक्ष रहेको नेकपाले विरोध जनाएको थियो।

अन्य सम्बन्धित समाचार:  माथिल्लो तामाकोशीमा भइरहेको कामप्रति ओलीको आक्रोशः किन ढिलाइ भयो?

सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुने मात्र नभइ उक्त पार्टीमा चलिरहेको आधिकारिकताको विषयको बहस समेत फरक पाटोबाट चल्नेछ।