कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि

काठमाडौं। देशभर आजदेखि कोरोनाभाईरस बिरुद्धको खोप अभियानको दोस्रो चरण सुरु हुँदै छ। यो चरणमा ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई निःशुल्क खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

“खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छ। यसको शुभारम्भ सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले बिहान १० बजे खोप ग्रहण गरेर गर्दै हुनुहुन्छ, ” स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने।

करिब १५ हजार स्वास्थ्यकर्मीले खोप सेवा दिनेछन्। पहिलो १० दिन ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई खोप दिइनेछ।

११औँ दिनदेखि ५५ वर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिकलाई उपलब्धता र प्राथमिकताको आधारमा खोप दिइने मन्त्री त्रिपाठीले जानकारी दिए।

यस अभियानबाट ६५ वर्षमाथिको करिब १७ लाख ९१ हजार जनसंख्या लाभान्वित हुने बताइएको छ । ५५ वर्षमाथिसहित गरेर करिब ३७ लाख जनसंख्या लाभान्वित हुने उनको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  प्यूठान जिप दुर्घटना (अपडेट)— मृतककाे संख्या ५ पुग्यो