काठमाडौं। आईतबार वाग्मती प्रदेश र प्रदेश १ का विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने भएको छ।
वाग्मती प्रदेशको धुन्चे वितरण केन्द्रको सान्जेल फिडर, स्याफ्रु फिडर र रसुवागढी फिडरअन्तर्गतका क्षेत्रहरुमा आज ६ घण्टा बत्ती जाने भएको हो।
यी क्षेत्रहरुमा बिजुलीको लाइन मर्मत गर्नुपर्ने भएकाले बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मका लागि लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
यस्तै प्रदेश १ को इटहरी वितरण केन्द्रको उद्योग लविपुर फिडर र एनटीसी फिडरअन्तर्गतका क्षेत्रहरुमा पनि बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म ८ घण्टा बत्ती जाँदैछ।