म्यान्मार सैन्य कूपछि भागेका प्रहरी अधिकारी फर्काउन भारतलाई आग्रह

म्यान्मारले सरकारको निर्देशन मान्न अस्वीकार गरेर छिमेकी भारत छिरेका केही प्रहरी अधिकारीलाई फिर्ता गर्न आग्रह गरेको छ।

भारतीय अधिकारीका अनुसार म्यान्मारका केही प्रहरी अधिकारी र उनका परिवार पछिल्ला दिनमा भारत आइपुगेका छन्।

म्यान्मारका अधिकारीहरूले भारतलाई पठाएको पत्रमा ‘मैत्रीपूर्ण सम्बन्ध कायम राख्न’ ती प्रहरी अधिकारीलाई फर्काउन आग्रह गरेका हुन्।

म्यान्मारमा गत महिना भएको सैन्य कूपछि विरोध प्रदर्शन र हडताल भइरहेका छन्।

सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूमाथि कडा रवैया अपनाएका छन् र अहिलेसम्म ५५ जनाको मृत्यु भइसकेको बताइएको छ।

शनिवार पनि प्रदर्शनकारीहरूले देशभरि नै निषेधाज्ञा उल्लङ्घन गर्दै देशभर विरोधमा उत्रिएका थिए।

अन्य सम्बन्धित समाचार:  दिल्लीमा एकसाता लामो कफ्र्यु घोषणा, एकैदिन २ लाख ७३ हजार संक्रमित