प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप, दोश्रो चरणको अभियान शुरु

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाईरस विरुद्धको कोभिसिल्ड खोप लगाएका छन्। आइतबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन्।

यसअघि आजै बिहान सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर गृहमन्त्री रामबहादुर थापाले पनि खोप लगाएका छन्।

प्रधानमन्त्रीले खोप लगाएसंगै आजबाट दोश्रो चरणको खोप अभियान शुरु भएको छ। सरकारले आजदेखि ६५ वर्ष उमेर पुगेका नागरिकलाई खोप लगाइरहेको छ।

अन्य सम्बन्धित समाचार:  वैशाख ११ गते धरहरा टावरको उद्घाटन गरिने