स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

पोखरा। पोखरामा स्कुटरलाई बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। आज बिहान पोखरा ७ बुलौदीमा स्कूल बसले ठक्कर दिँदा ग ५ प ८३६४ नम्बरको स्कुटरका चालक ४७ बर्षिय जितबहादुर राईको मृत्यु भएको हो।

स्कूल बसको ठक्करबाट धनकुटा सहिद भूमि गाउँपालिका घर भई हाल पोखरा ६ लेकसाइड बस्दै आएका जितबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए। ‘स्कुटरलाई ठक्कर दिने स्कुल बस भएको जानकारी आएको तर, बस नंम्वर र कुन स्कूल नखुलेकाले त्यसको खोजी कार्य भईरहेको छ’ उनले भने।

अन्य सम्बन्धित समाचार:  कालीगण्डकी किनारमा बिहानैदेखि स्नान गर्ने भक्तजनको भीड