काठमाडौं मेयर कपः एपीएफ र पुलिस भिड्दै

काठमाडौं। पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आइतवार दुई खेलहरु हुँदैछन्। टियु क्रिकेट मैदानमा हुने खेलमा दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्।

पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई १ विकेटले पराजित गरेको थियो। पुलिसले भने बागमती प्रदेशलाई २ रनले पराजित गरेको थियो। त्यसैगरी मुलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा बागमती प्रवेश र काठमाडौं मेयर–११ बीच खेल हुनेछ।

अन्य सम्बन्धित समाचार:  त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्स र मलेसिया खेल्दै