नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज खोप

काठमाडौं। कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आज ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेको छ। उक्त खोप लिएर आएको टर्किस एयरलाइन्सको विमान बिहान ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

शनिबार युनिसेफले आयोजना गरेको कोरोना भाइरसको खोपसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो चरणमा आज कोरोना खोप नेपाल आइपुग्ने बताएका थिए। उक्त खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो।

अन्य सम्बन्धित समाचार:  थप एकजना कोरोना संक्रमितको मृत्यु