प्रचण्ड–नेपाल र सभामुखबीच भेटवार्ता

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्।

विघटित प्रतिनिधि सभा पुनःस्थापना भएपछि आज बस्न लागेको बैठकबारे परामर्श गर्न भेट भएको बताइएको छ। नेकपा विवादका बीच बस्न लागेको संसद बैठकमा हुन सक्ने असहज अवस्थाबारे समेत भेटमा छलफल भएको थियो।

सिंहदरबारस्थित सभामुख कार्यकक्षमा भएको भेटमा संसद बैठकमा हुन सक्ने सम्भावित गतिविधि तथा देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  माओवादीका प्रदेश प्रमुखले एमालेलाई सघाए