संसद्मा नेकपाका दुवै पक्षलाई एउटै लाइनमा बस्ने व्यवस्था

काठमाडौं। संघीय संसद सचिवालयले नेकपा दुवै पक्षलाई सत्ता पक्षको एउटै लाइनमा बस्ने प्रवन्ध मिलाएको छ। आज बस्ने प्रतिनिधिसभा बैठकका लागि सचिवालयले नेकपाका दुवै पक्षलाई सत्ता पक्षकै लाइनमा बस्ने व्यवस्था मिलाइएको सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए।

पत्रकार सम्मेलन गर्दै प्रवक्ता पाण्डेले नेकपाका दुवै पक्षलाई सत्ता पक्षकै लाइनमा बस्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन्। यसअघि नेकपाको प्रचण्ड–नेपाल पक्षले आफूलाई प्रतिपक्षको लाइनमा बस्ने व्यवस्था मिलाउन सचिवालयलाई दबाव दिएको थियो।

तर सचिवालयले कानुनी रुपमा नेकपा एउटै दल रहेको भन्दै दुवै पक्षलाई सत्ता पक्षको लाइनमा बस्ने व्यवस्था मिलाएको हो। यसैगरी सचिलायले संसद बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाख ५ गते