प्रचण्ड संसदीय दलको नेता चुनिएकोबारे संसद् सचिवालयलाई जानकारी

काठमाडौं। नेकपा प्रचण्ड–नेपाल पक्षले संसदीय दलको नेता परिवर्तनबारे संसद् सचिवालयलाई जानकारी गराएको छ। उक्त पक्षले पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको थियो।

आज पनि प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक बसेको थियो। बैठकले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजानेबारे भने कुनै निर्णय नगरेको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव छल्न प्रदेशसभा अधिवेशन अन्त्य गरे