विदेशमा थप २ जना कोरोना संक्रमित नेपालीको मृत्यु

काठमाडौं। विदेशमा यो साता थप २ जना कोरोना संक्रमित नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार बेलायतमा बस्दै आएका २ नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

शनिवार साँझसम्म योसहित ३ सय ४१ जना नेपालीको संक्रमणका कारण निधन भएको छ  हालसम्म २१ देशमा रहेका नेपालीको कोरोना संक्रमणले निधन भएका हो। गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८८ जना, बेलायतमा ८६ जना र यूएईमा ५० जना नेपालीको ज्यान गएको छ।

अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार