मैले लगाएँ, तपाईँहरु पनि निर्धक्क भएर खोप लगाउनु: प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर कोरोना भाइरसविरुद्धको खोप लगाउन अपिल गरेका छन्। त्रिवि शिक्षण अस्पतालमा आज बिहान कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएपछि प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका लागि खोप अत्यावश्यक रहेकाले पायक पर्ने ठाउँमा उपलब्ध भएका बेला खोप लगाउन अपिल गरेका हुन्।

अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘मैले खोप लगाएँ। अहिलेसम्म कुनै पनि साइडइफेक्ट देखिएको छैन र आशा छ देखिँदैन पनि होला। म सबैलाई निर्धक्क भएर खोप लगाउन आग्रह गर्छु।’

अन्य सम्बन्धित समाचार:  खोपको दोस्रो मात्रा मङ्गलबारदेखि