प्रचण्ड–माधव समुहको निर्णय संसद सचिवालयका महासचिवले दर्ता गर्न मानेनन्

काठमाडौं। प्रचण्ड–माधव समुहको संसदीय दलको बैठकको निर्णय संसदका महासचिवले दर्ता गर्न आनाकानी गरेका छन्। महासचिवले दलको निर्णय दर्ता गर्न नमानेपछि शीर्ष नेताहरुले महासचिव गौतमलाई भेटेर बताएका हुन।

महासचिव गौतमले निर्णय दर्ता गर्न नमानेको र कानुनी प्रक्रिया बुझेर मात्र गर्ने बताएको सांसद अञ्जना विशंखेले बताइन। नेकपामा ओली समुहले संसदीय दलको प्रमुख सचेत देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई चयन गरेको थियो। तर प्रचण्ड–माधव समुहले गुरुङ नै प्रमुख सचेतक रहेको भन्दै गुरुङलाई नै सचेतकको हैसियत दिन माग गरेका छन्।

त्यसैगरी यो समुहले केपी ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता चयन गरेको छ। सो कुराको जानकारी संसद सचिवालयमा दर्ता गर्नुपर्ने हुन्छ।

अन्य सम्बन्धित समाचार:  एमाले सांसद बसेको घरमा ढुंगा प्रहार गर्ने युवक पक्राउ