सर्वोच्च अदालतबाट ओली–प्रचण्डको नेकपा खारेज, नेकपाको आधिकारिकता ऋषि कट्टेललाई

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली प्रचण्डको नेकपा खारेज भएको हो।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता कट्टेललाई दिएको जनाइएको छ।