अटो पल्टिँदा चालकको मृत्यु

इलाम। इलामको पान्दाममा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। ४२ वर्षीय चालक सुखमान राईको मृत्यु भएको प्रहरी कार्यालय फिक्कलका इञ्चार्ज जालन्धर बरालले बताए।

अटो अनियन्त्रित भएर दुर्घटनामा परेको हो। सो क्रममा अटोले च्यापिएर चालक राई गम्भीर घाइते भएका थिए। उनको प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जिल्लाको सूर्योदय नगरपालिक–९ पान्दामबाट प्रदेश १–०१–००१ ह ७९०१ नम्बरको अटो फिक्कलतर्फ आउँदै गर्दा दुर्घटना भएको थियो।

अन्य सम्बन्धित समाचार:  कसैको दबाब र प्रभावमा परेर काम गर्दिनँः सभामुख सापकोटा