११२ सांसदसहित संसदीय दलको नेतामा दाहालको पत्र दर्ता

काठमाडौं। प्रचण्ड–माधव पक्षले संसदीय दलको नेता परिवर्तन गरेको पत्र संसद् सचिवालयमा दर्ता गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेतामा चयन भएको पत्र दर्ता गरेको सांसद् रामनारायण बिडारीले बताए।

उक्त पत्रमा ११२ सांसदको हस्ताक्षर रहेको छ। प्रमुख सचेतकमा देव गुरुङलाई निरन्तरता दिनुपर्ने दाबी गरेको छ। प्रधानमन्त्री ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए।

यसअघि संसदीय दलको नेता बनाउन संसद् सचिवालयले अस्वीकार गरेको थियो।