हाम्रो हार भएपनि अदालतको फैसला सम्मान गर्छौंः अर्थमन्त्री पौडेल

काठमाडौं। नेकपा ओली पक्षका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा पार्टीबारे सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान गरेर जाने बताए।

‘हाम्रो हार भएपनि अदालतको निर्णयलाई सम्मान गर्छौं। कानुनी र संवैधानिक आधार मानेर सर्वोच्च अदालतले फैसला लिएको छ’, पौडेलले भने। उनले अदालतको फैसला अनुरुप नै अगाडि बढ्ने बताए।

अन्य सम्बन्धित समाचार:  बादलले आजै गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै