आयोगले अन्याय गरे पनि सर्वोच्चले ढिलै भएपनि न्याय दियो: ऋषिराम कट्टेल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम विवादबारे सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला सुनाएपछि ऋषिराम कट्टेलले जे हुनुपर्ने थियो, त्यही भएको प्रतिक्रिया दिएका छन्।

उनले निर्वाचन आयोगले अन्याय गरे पनि सर्वोच्चले ढिलै भए पनि न्याय दिएको जानकारी दिए। अर्को पक्षको नेकपाको विषयमा भने उनले अब सरकारी नेकपा भन्ने नरहेको बताए। निर्वाचन आयोगले उहाँहरुलाई (केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई) तपाईंहरुको नाम खारेज भएकाले अर्को नाम ल्याउनुस् भन्लाु, उनले भने।

आज न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले २०७५ मंसिर २१ गते हालेको कट्टेलको रिट जारी हुने फैसला सुनाएको हो।

अन्य सम्बन्धित समाचार:  कांग्रेस केन्द्रीय समिति बैठक बस्दै