काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसला मान्ने बताए। संसद् भवन नयाँ बानेश्वर पुगेका प्रधानमन्त्री ओली केहीबेर बसेर बाहिरिएका थिए।
“सर्वोच्च अदालतको फैसला मान्छौँ,” उनले भने, “एमाले र माओवादी भन्ने कुरा पूर्णपाठ हेरेपछिमात्रै भन्न सकिन्छ। अहिले केही भन्न सकिँदैन।” ४ बजे बोलाइएको प्रतिनिधि सभा बैठक अहिलेसम्म सुरू हुन सकेको छैन।